
काठमाडौँ, २८ असार । लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिबाट सुरु भएको लगातारको वर्षाका कारण बाढीले बगाएर तथा पहिरोमा पुरिएर १७ जनाको ज्यान गएको छ ।
![uf8L tfGb}h]l;jL l5Gr'hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;](https://www.indrenionline.com/wp-content/uploads/2018/08/badi-1-300x175.jpg)
राजधानीको मूलपानीमा घरटहरामाथि पहिरो खस्दा एकै परिवारका तीनको मृत्यु भएको छ । बारा जिल्ला घर भई हाल मूलपानीमा बस्दै आउनुभएका नितु यादव, शर्मिला यादव र बालक कुन्दन यादवको मृत्यु भएको छ ।
त्यस्तै बल्खु खोलाले बगाई ल्याएको ग्यास सिलिन्डर समात्न जाँदा एक व्यक्ति बेपत्ता भएका छन् । बगेर बेपत्ता भएका ती व्यक्तिको पहिचान हुन नसकेको जानकारी प्रहरीले दिएको छ । खोटाङ जिल्लाको खोटाहाङ गाउँपालिका–२ स्थित पहिरोमा परी एउटै परिवारका तीनको मृत्यु भएको छ ।










