इन्द्रेणी संवाददाता
दाङ, २६ असार । ठकेदार कम्पनीले लापरवाही गर्दा लामो समयदेखि अलपत्र परेको घोराही–लमही सडकअन्र्तगत कटुवाखोलामा निर्माणाधिन पुलको डाइभर्सन प्रहरी सेनाले बनाएको छ ।
पुलमा पानी थुनिएर वस्तीमा पसेपछि त्यसलाई पञ्छाएर आज जिल्ला प्रशासन कार्यालय दाङको पहलमा नेपाल प्रहरी नेपाली सेनाले बनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख सहितको टोलीले विहीबार दिनभर जाली लगाउने डोजरले अवरोध पञ्छाउनेलगायतको काम गरेको थियो ।




फोटो उदय बीसी /इन्द्रेणी अनलाइन











