काठमाडौँ, २२ असार । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आजबाट सुरु हुने बैठकमा मुख्य गरी पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने भएको छ ।
काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीका संरचना निर्माणका विषयमा सहमतिको प्रयास भइरहे पनि ठोस उपलब्धि हासिल भइसकेको छैन ।
संरचना निर्माण गर्दा ६० र ४० को अवधारणा अनुसार अगाडि बढ्ने विषयमा केही समय पहिला छलफल भएको थियो तर पछिल्लो समयमा संस्थापन पक्ष पार्टीका संरचना निर्माण गर्ने पक्षमा र वरिष्ठ नेता पौडेलसहितका अन्य नेता अब १४औँ महाधिवेशन केन्द्रित कार्यक्रम तयार गरेर जानुपर्ने पक्षमा देखिएपछि पार्टीको संरचना निर्माण कसरी गर्ने भन्ने विषयले केन्द्रीय समितिमा मुख्य स्थान पाउने भएको छ ।











