काठमाडौं, १२ असार । पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने सहमति जुटेको छ । पार्टीको राजनीतिक दस्तावेजमा दुई अध्यक्षबीच सहमति नजुट्दा स्थागित हुँदै आएको सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र मन्त्रिमण्डल हेरफेरका विषयमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ राजधानाीमा खबर छ।
गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए । त्यसलगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं फर्केपछि बुधबार दुई अध्यक्षबीच छलफल भएको हो ।











