काठमाडौँ, १२ असार । २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक हुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने बताए । नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।











