इन्द्रेणी संवाददाता

बाँकेको कोहलपुरमा एका  बिहानै मुख्य राजमार्गमा नै प्रेसरकुकर बम देखिएपछी प्रहरी टोलि त्यस ठाउँमा पुगेको छ  ।

इलाका प्रहरी कार्यालयबाट १५ सय मिटर टाढा रहेको कृषि बजार अगाडिको मुख्य राजमार्गमा प्रेसरकुकर बम फेला परेको हो ।

अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले बम भेटिएको स्थानलाई आफ्नो नियन्त्रणमा लिएको छ । कोहलपुर प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै छ ।

प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बिहानै सो शंकास्पद बस्तु भेटिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले भने पुर्व पश्चिम राजमार्गमा प्रेसरकुकर बम जस्तो शङ्कास्पत वस्तु भेटिएको जनाएको छ । एका बिहानै कोहलपुरमा बम भेटिएपछि सुरक्षामा कडाई गरिएको छ ।