इन्द्रेणी संवाददाता
दाङ, २७ फागुन । राप्रपाका अध्यक्ष कमल थापाले सरकारले सिके राउतसँग गरेको सम्झौता रहस्यमय भएको बताएका छन् । उनले यो रहस्यमय र भ्रमपूर्ण सम्झौताले देशलाई विखण्डनतर्फ लैजाने बताए ।
रिपोटर्स क्लव दाङले आज तुलसीपुरमा गरेको सडक साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले विगतदेखि नै विखण्डनको पक्षमा रहेका राउतले आफ्नो अभिष्ट पूरा गर्न सरकारसँग यो भ्रमपूर्ण सम्झौता गरेको बताए ।
सम्झौता भएको केही समय नवित्तदै उनका कार्यकर्ताले तराइलाई अलग गर्ने प्रकारका गतिविधि देखाउनु र राउतले नै तराइलाई अलग गर्नका लागि जनमत संग्रहको एजेण्डाबाट आफू पछि नहटेको बताएकोले यो सम्झौताले मुलुकलाई झन जटिलतातर्फ लैजाने थापाको भनाइ थियो ।











