दाङ, १२ माघ । एक महिना अघि काठमाण्डौको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसीपुरमा मञ्चन हुने भएको छ ।
प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म घोराहीमा र २१ र २२ मा तुलसीपुरमा मञ्चन हुने भएको हो ।ख्याल बगालको प्रस्तुती तथा आयोजना र हेल्पिङ ह्यान्ड्स दाङ र उदाहरण समूह नेपालको सहआयोजनामा घोराही र तुलसीपुरमा नाटक मञ्चन गरिने भएको हो ।
रबिलाल थारुको निर्माण रहेको नाटक घोराहीको म्यांगो गार्डेनमा देखाईने उदाहरण समूह, नेपालका नवीन अभिलाषीले जानकारी दिए । प्रणव आकाशद्वारा निर्देशित तेस्रो नाटक हो ‘करोट’ । उहाले यस अघि मान्छे पोल्ने भट्टि र भुरभुरा रहर निर्देशन गरेका छन् ।










