दाङ, १० माघ । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले कृषि क्षेत्रको दिगो  विकासको लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि वढनु पर्ने बताएका छन् ।

chakrapani-khanalदाङ जिल्ला उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनले यस्तो वताएका हुन । कृषि लाई अगाडि वढाउनका लागि योजना निर्माण गरेर अगाडि वढनुपर्ने उनको भनाइ रहेको छ ।

कृषि क्षेत्रमा अहिले सम्म प्रभावकारी योजना निर्माण हुन नसकेको समेत बताए । नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहि रहेको उनको भनाइ छ ।

नेपालमा ६६ प्रतिशत नागरीक कृषिमा सङलग्ता भए पनि यसको विकास हुन नसकेको उनको भनाइ छ । ‘२ तिहाइ जनसङख्या कृषिमा सङलग्ता हुदा पनि वाहिर पनि आयात गर्नु पर्ने वाध्यता रहेको छ’ मन्त्रि खनालले भने ।