इन्द्रेणी संवाददाता
दाङ, ९ माघ । दाङको घोराहीमा भोलीविहीबारदेखि शुरु ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ को भव्य तयारी गरिएको छ ।

pppदाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीको मूल आयोजनामा घोराहीस्थित कृषि सामग्री कम्पनीको प्रांगनमा शुरु हुने महोत्सवको तयारी करुवि करीव पूरा भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवको उद्घाटन दिउँसो १ बजे कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले गर्ने सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक निबहादुर बुढाथोकीले जानकारी दिए ।

mammamaउनका अनुसार महोत्सव उद्घाटन अघि विहान ११ बजे घोराही ट्राफिक चोकबाट विभिन्न संस्कृति झल्कने झाँकीसहितको ¥यालीको आयोजना गरिएको छ । ‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीस्थित कृषि समाग्री कम्पनीको प्रांगनमा शुरु महोत्सवमा पोल्ट्री सम्बन्धी प्रर्दशनी र यो व्यवसायमा सम्बन्धित सचेतनामूलक कार्यक्रम पनि हुने सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले बताए । माघ २० गतेसम्म चल्ने महोत्सवमा बाल उद्यान पनि रहेको छ भने केन्द्रीय तथा स्थानीय चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती पनि रहने उनले जानकारी दिए ।

50471977_1903369593104935_542843600896000000_nमहोत्सवमा प्रवेश शूल्क ५० रुपैयाँ रहेको छ भने विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ३० रुपैयाँ कायम गरिएको छ । त्यस्तै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपाङ्गा भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने आयोजकले जनाएको छ । महोत्सव अवधिभर करीव २ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।