काठमाडौं । ३३ किलो सुन तस्करी मुद्दाको विषयलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा परेका छन् । न्यायपरिषद्को सोमबार बसेको बैठकले भुर्तेललाई जिम्मेवारीमुक्त गराउँदै छानबिनका लागि न्यायपरिषद्मा हाजिर गराउने निर्णय गरेको हो ।

adalatन्यायाधीशहरू नागेन्द्र्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्यायपरिषद्को सचिवालयमा तानिएको केही दिन बित्न नपाउँदै मुख्य न्यायाधीश भुर्तेल पनि सचिवालयमा तानिएका हुन् ।

३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश अभियुक्तलाई उच्च अदालतले धरौटीमा धमाधम छाडेको थियो राजधानीमा खबर छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालतले उनीहरूलाई धरौटीमा छाडेपछि त्यसको आलोचनासमेत भएको थियो ।