दाङ, ७ माघ । पुराना कम्युनिष्ट नेता मंगल चौधरीलाई पार्टी प्रवेश गराउँदै नेपाल कम्युनिष्ट पार्टीको दाङको संगठन सुदृढ तथा विस्तार अभियान २ उद्घाटन गरिएको छ ।
दाङको घोराहीमा भएको संगठन सुदृढ तथा विस्तार अभियान २ उद्घाटन तथा संयुक्त ज.ब.स. भेलामा नेकपा मालेका केन्द्रीय सदस्य तथा पाका कम्युनिष्ट नेता मंगल प्रसाद चौधरीसहित १४ जना विभिन्न पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
२०३६ सालदेखि किसान आन्दोलन, कम्युनिष्ट आन्दोलनमा क्रियासिल हुँदै आएका मंगल चौधरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै सम्पूर्ण नेपालीहरुको मुक्तिका लागि यो पार्टीमा प्रवेश गरेको बताए ।











