इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङको वंगलाचाुली गाउँपालिका ७ श्रीखर्कस्थित दुई जनाको घरगोठमा आगलागी भएको छ । श्रीखर्कका देवराज पुन र गोपाल पुनको घरगोठमा आगलागी हुँदा सम्पूर्ण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

aagalagiआगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन र आधा तोला सुन समेत जलेर नष्ट भएको छ । आगलागीबाट पुनको ६ लाख ८० हजार बराबरको क्षति भएको छ ।

त्यसैगरी गोपाल पुनको घरगोठ, अन्नपात, लत्ताकपडा, भाडावर्तन,सुन एक तोला, सोलार, नगद २५ हजार गरी ७ लाख ९३ हजारको क्षति भएको डिएसपी रामबहादुर घर्तीले जानकारी दिएका छन् ।