काठमाडौं, ३ माघ । पहिले कर्मचारी समायोजनमा आनाकानी भए पनि अहिले समायोजनमा कर्मचारीहरुको आकर्षण वढेको छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराएका छन् ।
बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाले जनाएको छ ।
सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेको र तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेका महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले बताए ।











