इन्द्रेणी संवाददाता
नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री रामसरण महतले वाइडबडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको संलग्नता कुनै संलग्नता नभएको बताएका छन् । प्रेस युनियन दाङले आज दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महतले वाइडबडी विमान खरिद प्रकरणमा सभापति देउवाको कुनै संलग्नता नभएको बताएका हुन् ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएको समाचार आएपछि नेता महतले यो बिषयमा कुनै छानबिन नै भएको छैन ।

संसदले छानबिन समिति बनाएको र छानबिन समितिले कहिँ कतै सभापती देउवाको नाम नराखेकाले यो कुरामा सभापतिको कमजोरी नभएको जिकिर गरे । तर वाइडबडी खरिद २०७४ जेठ २४ गते शेरबहादुर देउवा प्रधानमन्त्री तथा पर्यटन मन्त्री भएकाबेला वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो ।

त्यस्तै अर्को एक प्रसंगमा बोल्दै नेता महतले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने कुरा सम्बन्धित प्रदेशकै हातम रहेको बताए । संबिधानले सम्बन्धित प्रदेश सभालाई नै यो बिषयमा निर्णय गर्ने अधिकार दिएकाले कहाँ कस्तो ठाउँमा राजधानी राख्ने भन्ने बिषयमा कांग्रेसको छुट्टै कुनै निर्णय नभएको बताएका छन् ।