इन्द्रेणी संवाददाता
दाङ, १ माघ । आज माघेसक्रमन्ति अर्थात माघी पर्व । विशेष गरी थारु समुदायले मनाउने माघी पर्व आज थारु, मगरलगायत विभिन्न जनजातिहरुले पनि माघी पर्व मनाउदैछन् ।

a5आजको दिन विशेष गरी थारु समुदायमा हर्षउल्लासका साथ मनाइने गरिन्छ । माघी पर्वको अवसर पारेर विभिन्न चाजगान गर्नुका साथै दाङका विभिन्न दुई स्थानमा मेला समेत लाग्दछ । घोराहीस्थित बह्राकुने दहमा आज भव्य मेला लाग्ने गर्दछ भने दाङकै रिहारमा पनि मेला लाग्ने गर्दछ । यी दुबै स्थानमा विहानै देखि माघी नुहाउने र पूजाआजा गर्नेको भिड लागेको छ ।

आज दिउसो भर्ने वाह्रकुने दह मेलामा विहानै देखि चहलपहल वढेको छ भने त्यहाँ अप्रिय घटना हुन नदिन सुरक्षाको पनि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै रिहारमा आजभन्दा केही दिन अघि देखि मेलाको चहल पहल वढे पनि विशेष गरी मेला भर्नेको आज घुइचो हुने गर्दछ ।