काठमाडौं, २० मंसिर। प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस विधान मस्यौदामै अल्झियो छ । विधान मस्यौदामाथिको छलफल आज पनि जारी रहने काग्रेसले जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा सात दिनदेखि चलेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । संस्थापन र इतर पक्षबीच केन्द्रीय पदाधिकारी बढाउने बिषयमा मतभेद रहँदै आएको छ ।
बुधवार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिको क्षेत्राधिकारका बिषयमा संस्थापन पक्षले आपत्ती जनाएको थियो ।
