काठमाडौं, १९ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीका आरोपको विषयमा छानविन गर्न कांग्रेसले माग गरेको छ।
राजदूत शेर्पामाथि लागेको आरोपलाई गम्भीर रुपमा लिएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले विज्ञप्ति जारी गर्दै शेर्पामाथिका आरोपको छानविनका लािग परराष्ट्र मन्त्रालयमा तत्काल उपस्थित गराउन माग गरेको छ।
राजदूतकै निजी सहयोगीबाट आरोप लागेको एक साताभन्दा धेरै भैसक्दा समेत आरोपप्रति सरकार उदासिन भएको विज्ञप्तिमा उल्लेख छ ।











