काठमाडौँ, १४ मंसिर । राजधानीमा आफ्नै ड्राइभरले अपहरण गरेर एक जना होटल सञ्चालकका छोराको हत्या गरेका छन् । राजधानीको मित्रनगरस्थित त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुवँरका छोरा ८ वर्षीय प्रयास कुवँरको अपरहणपछि हत्या भएको हो ।
त्रिवेणी गेस्ट हाउसकै गाडी चलाउँदै आएका स्याङ्जाको भीरकोट नगरपालिका निवासी महेन्द्र सार्कीले आफ्नै मालिकाको छोराको मंगलबार अपहरण गरी हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
होटल सञ्चालकका छोराको उनकै ड्राइभरले पैसाका लागि अपहरणपछि हत्या गरी मेहेपीस्थित पुलमुनि जेब्रा झोलामा शव राखेको अवस्थामा भेटिएका महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले बताए । फिरौती माग्नका लागि अपहरण गरेको समेत ती ड्राइभरले वयान दिएको बताइएको छ ।
