दाङ ,१९ असार । प्रेस सेन्टर नेपाल दाङ शाखाले आगामी भदौंको पहिलो साताभित्र प्रकाशन गर्ने आफ्नो मुखपत्र ‘हाम्रो कलम’ का लागि जिम्मेवारी वाँडफाँड गरेको छ ।
सेन्टरको प्रकाशन विभागको आइतवार घोराहीमा सम्पन्न बैठकले ‘हाम्रो कलम’को संरक्षकको जिम्मेवारी संगठनका केन्द्रीय सचिवालय सदस्य अजयदीप शर्मालाई दिने निर्णय गरेको छ । मुखपत्रको प्रधान सम्पादको जिम्मेवारी अध्यक्ष डिल्ली मल्ललाई दिइएको सचिव पाण्डव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मुखपत्रको सम्पादक मण्डलमा कार्यसमितिका पदाधिकारी, सचिवालय सदस्य तथा प्रकाशन विभागका सदस्यहरुलाई जिम्मेवारी दिइएको छ।
जसअनुसार सम्पादक मण्डलमा प्रकाश चौधरी, सन्तोस अधिकारी, दिवाकर पोख्रेल, पाण्डव शर्मा, जनक नेपाली, केशरमान विसी, दामोदर बस्नेत ‘राकेश’, गिरीराज नेपाली र राजकुमार चौधरी रहनुभएको छ ।
लभधक बि कष्च उचभकक अभलतभच पय
