इन्द्रेणी संवाददाता
दाङ, ८ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाइ कडा कारवाही गर्न माग गर्दै अन्तरपाटी महिला सञ्चाज दाङले आज जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ ।

antara3333सञ्जालले जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । सञ्जालकी अध्यक्ष लिला विकले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकी हुन् । ज्ञापनपत्र बुझदै प्रजिअ श्रेष्ठले कञ्चनपुरको घटना अत्यन्त दुःखदायी भएको उल्लेख गर्दै कुनै व्यक्तिलाई संरक्षण गर्ने नाममा सरकार नै वदनाम हुने काम कसैले गर्न नहुँने भन्दै निर्मणको हत्यारा छिटटै पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

ज्ञापनपत्रमा निर्मणको हत्यारालाई पत्ता लगाइ कडा कारवाही गर्ने मागका साथै महिलामाथि हुने अन्य हिंसा अन्त्य र जघन्य अपराध हुन नदिन प्रशासनलाई सचत हुन आग्रह गरिएको छ ।