दार्चुला, ६ भदौ। दाचूलाको मार्मा गाउँपालिका १ घोल्जरका ४५ वर्षीय अंगबिरसिंह ठगुन्नाको सामेवार राति हत्या भएको छ । हत्यासँगै उनीसँग भएको १० लाख रुपैयाँ पनि लुटिएको छ ।
गुल्जर स्वास्थ्य चौकीमा कार्यालय सहयोगी रहेका ठगुन्नाको सोमबार राति घरमै एक्लै सुतेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक दीर्घ बहादुर बोगटीको नेतृत्वमा टोली मंगलबार बेलुकी घटनास्थल पुगेको छ । घटनास्थल सदरमुकामबाट एक दिन पैदल यात्रा गर्नु पर्दछ ।











