महेन्द्रनगर, ५ भदौ । गत साउन ११ गते भीमदत्त नगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि हत्यामा संलग्न एकजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ ।
अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार पक्राउ परेका विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । साउन १० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो ।
निर्मलाको साईकलको चेन खराब भएपछि बिष्टले मिलाइदिएको अनि कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरेंको प्रहरी श्रोतले जनाएको छ । बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ,’ अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने आजको राजधानीमा खबर छ।
विष्टलाई प्रहरीले आईतबार राति ८ बजे भीमदत्त नगरपालिका–१९ खन्ना चौराहा नजिकै नहरमा संकास्पद लागेर पक्राउ गरेको भए पनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो । प्रहरी श्रोतका अजुसार प्रारम्भिक अनुसन्धानबाट विष्टको संलग्नता पुष्टि भएको छ, बाँकी अनुसन्धान भईरहेको छ,’ ।
बिष्ट छ महिना अघि मात्र आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । १० वर्ष हत्या आरोपमा कारागार बिताएर आएका हुन । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए ।











