काठमाडौं, ४ भदौ । फ्रान्सका लागि पूर्वराजदूत केशव झा हत्याको अनुसन्धान गरिरहेको प्रहरीले उनी सुतेको कोठाको झ्यालको जाली काटिएको फेला परेको छ।

keshav-raj-jhaझ्यालको जाली काटेको विषयलार्इ जोडेर प्रहरीले घटना अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार हत्यामा चक्कु प्रयोग भएको छ।घरकै चक्कुले हानेर हत्या भएको छ। चक्कु घरकै हो। हामी अनुसन्धान गरिरहेका छौुं,अपराध महाशाखा धिरजप्रताप सिंहले भने ।
आइतवार राति झाको बबरमहलस्थित निवासमै हत्या भएको थियो।

प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको थियो । ओलम्पिया स्कूल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए।