काठमाडौं, ४ भदौ। फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशवराज झाको काठमाडौंको थापाथलीस्थित घर भित्रै छुरी प्रहार गरी हत्या भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार ८० वर्षीय झा बिहान घरभित्र मृत अवस्थामा भेटिएका हुन् ।
डिएसपी थापाका अनुसार झाको टाउकोमा छुरी प्रहार गरी हत्या गरिएको छ। सिंहदरबार वृतका प्रमुख डिएसपी काजीकुमार आचार्यका अनुसार घटनाबारे आज बिहान साढे ६ बजे परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । झासँगै घरमा उनकी श्रीमती तथा कामदार बस्दै आएका थिए ।











