इन्द्रेणी संवाददाता
विराटनगर ३ भदौ । विराटनगरमा एक हार्डवेयर पसलमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । जिल्लाको विराटनगर-४ पीपलचोक घर भइ न्यू बिक्की हार्डवेयरमा कार्यरत ५० बर्षका टंक भट्टराईको हत्या भएको छ ।
विराटनगर महानगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्ड भट्टराईको शव आइतवार विहान पसलको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए ।
विराटनगर-४ पीपलचोक घर भएका भट्टराई राति हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । हार्डवयरका कामदारले ढोका खोल्दा उनको शव सुत्ने कोठाको खाटमुनि फेला परेको प्रहरीले जनाएको छ ।











