रुकुम, ३१ साउन । रुकुम चौखावाङका किसानले उत्पादन गरेको लसुनले उचित मूल्य नपाउँदा किसानहरू मर्कामा परेका छन् । करिब तीन सय क्विन्टल लसुनले बजार नपाएपछि कुहिएर बिग्रिन थालेको किसानहरुको गुनासो छ ।
लसुन बिक्री नभएर बिग्रिने अवस्थामा पुग्दा पनि घरमै थन्किनुपरेको छ । अघिल्ला वर्षमा प्रतिकिलो १२० रुपियाँसम्म मूल्य पाएका किसानले यो वर्ष ८० रुपियाँभन्दा बढी नपाउने भएपछि लसुन बिक्री नै नगरेका हुन् ।
बजारसम्म पु¥याउन सडकको समस्या भएको बोरामा राखेर ल्याउँदा झन् बढी खर्चिलो हुने वडा सदस्य वसन्त खड्काले बताए ।











