दाङ, ३१ साउन । प्रतिनिधी सभा सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले दाङमा अलपत्र रहेका पुल निर्माणको काम तत्काल पुरा गराउँन संसदको ध्यानाकर्षण गराएकी छन् ।
बुधवार बसेको प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै शर्माले यस्तो ध्यानाकर्षण गराएकी हुन् । गत साउन २८ गते परेको भारी बर्षाले दाङको जनजीवन प्रभावित पारेको भन्दै निर्माणधिन पुल समयमै नबन्दा सर्व–साधारणले दुःख पाएको वताए ।
घोराही–लमही सडक खण्डको कटुवा खोला,बबई नदी र घोराही तुलसीपुर सडक खण्डको गुर्जेखोला, पत्रेखोला, सक्राम खोला, ग्वारखोला, र पश्चिम दाङमा निर्माणधिन पुल नबन्दा स्थानीय जनताले जोखमपुर्ण यात्रा गर्न बाध्य भएको वताए ।











