गाईघाट, ३० साउन। उदयपुरको बेलका नगरपालिका–३ स्थित खैरेनी टाप्पुमा आएको तीनवटा हात्तीले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीको आक्रमणबाट खैरेनी टाप्पुका ३५ वर्षीय रामकुमार सार्कीको ज्यान गएको हो । सार्कीको घर, गोठ र टहरासमेत भत्काएको छ ।
कोशीटप्पु क्षेत्रबाट आएका हात्तीले घरमा सुतिरहेका सार्कीलाई घर भत्काएर तानेर ५० मिटर पर लगी खुट्टाले च्यापेर मारेको हो । हात्तीले अन्य दुईवटा घरटहरा पनि भत्काइदिएको छ ।











