इन्द्रेणी संवादाता
रुकुम, १८ असार
हरेक क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिताका लागी रुकुममा कार्ययोजना निर्माण गरिएको छ ।

mahila

कृषि–वन–पशुसेवा, लैङ्गिक सशक्तिकरण, शिक्षा, स्वास्थ्य र योजना तर्जुमादेखि प्रतिफल प्राप्तिसम्म महिला सहभागिताका कार्ययोजना निर्माण गरिएको हो ।

कार्ययोजनामा विभिन्न विषयगत क्षेत्रमा महिला सहभागिता, यसका लागि सरोकारवाला निकाय मार्फत गर्न सकिने प्रयास, महिलाका समस्या, यसले पारेको असर, समाधानका उपाय, महिला लक्षित बजेट, त्यसको कार्यान्वयन र स्थानीयस्तरमा हुने विकास निर्माणमा महिलाको प्रतिनिधित्व बढाउन के गर्न सकिन्छ भन्ने कुरा उल्लेख छ ।

उक्त कार्ययोजना कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा पठाइने महिला विकास अधिकृत सुनिता केसीले जानकारी दिनुभयो ।