इन्द्रेणी संवाददाता
घोराही, ३० साउन । घोराही उपमहानगरपालिका वडा नंं १४ र १८ ले पनि वडा कार्यालयबाटै एकीकृत सम्पत्ती कर संकलन थालेका छन् ।
दुई वडा कार्यालयले बुधबारदेखि एकीकृत सम्पत्ती कर र नगदी रसिद संकलन थालेका हुन् । यसअघि वडा नं. ७ र १० ले वडा कार्यालयबाटै कर संकलन थालेका छन् ।
वडा नम्बर १४ र १८ को कार्यालय एउटै भवनमा भएका कारण तत्कालका लागि एउटै स्थानबाट कर संकलन थालिएको उपमहानगरले जनाएको छ ।
आज नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपानेले वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी र उहाँका श्रीमति रामकुमारी डाँगीले बुझाएको एकीकृत सम्पत्ती करको रसिद हस्तान्तरण गरेर सेवा सुभारम्भ गरेका हुन् ।कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आगामी भदौ महिनाभित्रै वडाहरुबाटै कर संकलन गर्ने व्यवस्था मिलाउने बताए ।











