दाङ, ३० साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ ले सडक मिचेर बनाएका टहरा हटाउँन सुरु गरेको छ । सडक मिचेर बनाएका टहराले दुर्घटना निम्त्याउने भन्दै हटरा हटाउँन सुरु गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

IMG_20180814_160353बजार क्षेत्रमा सवारी साधनको अत्याधिक चाप बढेसंगै हटरा हटाउँने कार्यलाई तिव्रता दिएको अध्यक्ष डाँगीले वताए । बजार क्षेत्रमा दैनिक जस्तो सवारी दुर्घटनाका कारण सर्वसाधारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको भन्दै दुर्घटना न्युनिकरणको अभियानमा वडा कार्यालय संचालनमा लागेको वताए ।

सडक मिचेर टहरा बनाउँदा मानवीय जोखिमसंगै बजार क्षेत्रको सुन्दरता हराउँने भन्दै यसलाई अभियानकै रुपमा अगाडी बढाउँन खोजेको अध्यक्ष डाँँगीको भनाई छ ।

घोराही १४ स्थित सब्जिरोड स्थित सडक मिचेर बनाएको एउटा टहरा भत्काईएको थियो भन्ने अन्य पाँच टहरालाई एक दिनको समय दिइएको उनले बताए । भनेकै समयमा टहरा नहटाए वडा कार्यालय आएर टहरा भत्काउने समेत उनले बताए ।