काठमाडौं, ३० साउन । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

kamini-rajbhanda२०७३ सालको असोजमा ३ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त भएकी कामिनी राजभण्डारीलाई केपी ओली नेतृत्वको सरकारले स्पष्टिकरण सोधेको थियो । तर उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सरकारले बर्खास्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

टेलिकमको नाफा बढाउन नसकेको, गुणस्तर सुधारमा ध्यान नदिएको, फोर जी सेवा सञ्चालन गर्दा अनियमितता गरेको लगायतका आरोप कमिनीमाथि लाग्दै आएको थियो ।