इन्द्रेणी संवाददाता
दाङ, २९ साउन । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज दाङसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
आफ्नो पार्टीका पूवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज एक दिनका लागि आह्वान गरिएको नेपाल बन्दका कारण दाङको यातायात ठप्प छ भने शैक्षिक संस्था, उद्योग व्यवसाय सबै बन्द छन् ।
यातायात नचल्दा यात्रुहरु मर्कामा परेका छन् भने बजार नखुल्दा उपभोक्ता मर्कामा परेका छन् । राजधानीमा भने प्रहरीको वाक्लो उपस्थितिका कारण यातायतका साधन समान्य रुपमा सञ्चालनमा आएको बताइएको छ ।











