रुकुम, २८ साउन । रुकुम पश्चिमको सल्लेमा रहेको राप्ती समाज अस्पत्तालमा तोडफोड भएको छ । त्रिवेणी गाउँपालिका वडा नंं ९ का वडा सदस्य कमल रावलको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पत्तालमा ढुङ्गामुढा गरी तोडफोड गरेका हुन् ।

rukum hosअस्पत्तालको कमजोरीका कारण रावलको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् । ढुङ्गामुढा गर्दा अस्पतालका झ्यालका सिसा फुटेका छन् ।

टाउको दुख्ने र जिउ दुख्ने समस्याले रावल २६ गते शनिबार राप्ती समाज अस्पत्तालमा भर्ना भएको र सोमवार विहान उनको मृत्यु भएको थियो । उपचारका क्रममा रावलमाथि गलत सुईको प्रयोग गरिएको उनका आफन्तहरुले आरोप लगाएका छन् ।