इन्द्रेणी संवाददाता
साउन २८ दाङ । दश जना युवाहरुले दाङको घोराहीमा युनिक मार्केट सञ्चालनमा ल्याएका छन् । कोशिस फाउन्डेशनको व्यवस्थापनमा घोराही उपमहानगरपालिका वडा नं. १५ को तुलसीपुर चोक नजिकै करीव एक करोड ५० लाखको लगानीमा सुपर मार्केट सञ्चालनमा आएकोे हो ।

supar maaa२० वर्षका लागि करीव तीन कट्ठा जग्गा लिजमा लिएर मार्केट सञ्चालनमा ल्याइएको युनिक मार्केट सञ्चालन समितिका अध्यक्ष शालिकराम खनालले जानकारी दिए ।

मार्केटमा व्यवसाय सञ्चालनमा लागि ४३ वटा व्यवसायीक सटर निर्माण गरिएको छ । ती सटरहरुमा विभिन्न दैनिक उपभोग्य सामग्री उपलव्ध पसलहरु सञ्चालनमा आएका छन् ।

घोराही क्षेत्रमा मात्रै करीव आधा दर्जनवढी यस्ता मार्केटहरु सञ्चालनमा आइसकेका छन् । यसकै माझमा पनि अलि फरक शैलीमा युनिक मार्केट सञ्चालनमा आएको अध्यक्ष खनालको भनाइ छ ।