इन्द्रेणी संवाददाता
दाङ २८ साउन । बीस हजार रुपैयाँ घुस सहित यातायातका एक इन्जिनियर पक्राउ परेका छन ।
यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद सहित पक्राउ गरेको हो ।
सवारीसाधन दर्ता गर्दा इन्जिनियरले सेवाग्राहीबाट घुस लिन लागेको बेला बिशेष सुराकीका आधारमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।











