काठमाडौं, २७ साउन । आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ यो दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो वर्षको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ राखिएको हो ।











