बाँके, २५ साउन । नेपालगञ्जमा एक जनाले श्रीमतीलाई उपचार गर्न लैजाने भनेर हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२३ जङ्गली सिंहपुर्वाका शेरअली शेषले उपचार गराउन लैजाने बहाना गरी भारतीय जङ्गलमा लगेर घाँटी थिचेर हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

Hatya-5शेषले श्रीमतीलाई नेपाल–भारत सीमामा पर्ने भारतीय अब्दुल्लाहगन्ज जङ्गलमा हत्या गरेको बयान दिएका छन् । करिब डेढ महिनाअघि विदेशबाट आएका उनले श्रीमतीको आचरण सुधार्ने प्रयास गर्दा नसकेपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनले दिएको बयानका आधारमा प्रहरीले शव नेपालगन्ज ल्याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतीय प्रहरीसँग समन्वय गरी मुचुल्का तयार पारेर शव नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । गत मंगलबार हत्या गरी शेषले बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।