काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएको छ । शुक्रबार सिंहदबारमा भएको संसदीय सुनुवाई समितिको बैठकमा जोशीको नाम दुईतिहाइ बहुमतले अस्वीकृत भएको हो ।

depakrajकांग्रेसले बहिष्कार गरेपछि जोशीलाई स्वीकृत र अस्वीकृत गर्ने पक्षमा भएको मतदानका क्रममा १० भोट अस्वीकृत गर्ने पक्षमा पर्‍यो भने स्वीकृत गर्ने पक्षमा कुनै पनि भोट खसेन । संसदीय नियमावली अनुसार दुईतिहाइ बहुमतले अस्वीकृत गर्न सकिने भएकाले यो निर्णयमा पुगिएको समितिका जेष्ठ सदस्य तथा सभापति लक्ष्मणलाल कर्णले बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसहितको दुईतिहाइ बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेको छ ।