काठमाडौं, १८ साउन । काठमाडौंको सामाखुसीमा इनार सफा गर्ने क्रममा तीनजनाको ज्यान गएको छ । इनार सफा गर्न क्रममा निसास्सिएर शुक्रबार तीन जना मजदुरको ज्यान गएको प्रहरीले जनाएको छ ।

Inar-deathघटना लगत्तै घटनास्थल पुगेको प्रहरीले उद्दार गरेपनि उनीहरुको इनाभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले बताए ।

मृत्यु हुनेमा काठमाडौ महानगरपालिका(२६ का ७० वर्षीय मेखवर्ण गौतम, भारत हाजिपुरका अशोककुमार र कैलाली टिकापुरका रमेश चौधरी रहेका छन् ।