इन्द्रेणी संवाददाता
दाङ, १४ साउन । घोराही उपमहानगरपालिका वडा नं. १९ सैघाका मृगौला पीडित केशरबहादुर रोकालाई मेचिकाली सेकेन्डरी बोडिङ स्कुल घोराहीले आर्थिक सहयोग गरेको छ ।

helpस्कुलका विद्यार्थीबाट संकलन भएको ७ हजार १ सय ५५ रुपैयाँ र शिक्षक शिक्षिकाबाट संकलन भएको १६ हजार ५ सय गरी २३ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरेको हो । संकलित सहयोग रकम आइतवार एक कार्यक्रमकाबीच पीडितका परिवारलई हस्तान्तरण गरिएको हो । विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतले उक्त रकम हस्तान्तरण गरेका थिए ।

यसैक्रममा पीडितका छोरा अभिषेक रोकालाई स्कुलले निःशुल्क रुपमा पढाइदिने पनि स्कुलले जनाएको छ । उनी अहिले कक्षा ६ मा अध्ययनरत छन् । ३१ वर्षिय मृगौला पीडित केशरको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।