काठमाडौँ, १४ साउन । अन्तः चिकित्सा शिक्षा विधेयक संशोधन दर्ताका लागि अनुमोदन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले विधेयक संशोधन दर्ताका लागि अनुमोदन गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेस गरेको प्रस्तावलाई सदनले अनुमोदन गरेको थियो । संशोधनका लागि अनुमोदन भएसँगै अब विधेयकका प्रावधानमा सांसद्हरूले संशोधन दर्ता गराउन सक्नेछन् ।
सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतालाई मूल विधेयकमा अंश बन्ने गरी समितिमार्फत् औपचारिक रूपमा संसद्मा पेस गर्ने प्रक्रिया अब अगाडि बढ्न सक्नेछ ।











