गोविन्द खड्का
घोराही, १ साउन । कहाँ जानुपर्छ ? पसल दर्ता गर्न के गर्नुपर्छ ?’ घोराही १५ मा पसल गर्दै आउनुभएका चित्रा गौतमले सोध्नुभयो । त्यसको जवाफ दिनु अघि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल फिस्स हाँस्नुभयो । एउटा कापिको पानामा आवश्यक कागजातको लिष्ट बनाईदिनुभयो ।

nepali moneyयस्तो समस्या घोराही बजारका धेरै व्यवसायीकोमा भेटिन्छ । जसले बषौ देखि पसल व्यवसाय गर्दै आएका छन् । कुन कुन ठाउँमा दर्ता गर्नुपर्छ भन्ने जान्दैनन् । जानकारहरुका लागि पनि सजिलो छैन । थोरै कमाई हुन्छ । कर तिर्नुृपर्ने अनेकौ ठाउ“छन् । एउटै राज्य जसतो लाग्दैन ।
गत २०७२ सालमा घोराही नगरपालिकामा दर्ता भएको थियो घोराही १७ गुलरीयाको हरि होटल । त्यसपछि रिन्यु गरीएको छैन । आन्तरीक राजश्वकार्यालय, होटल व्यवसायी संघमा पनि नविकरण गरीएको छ । अरुको जग्गामा भाडा लिई पसल गर्नुभएको छ । घर मालीक संग सम्झौता छैन । एउटा व्यवसायीले कति ठाउमा दर्ता गर्ने र क कसलाई शुल्क बुझाउने अन्यौल छ ।

केहि दिन अघि तुलसीपुर चोकको आफन्त होटल हटाउन निकै लफडा भएको थियो । जमिनवाला संग लिखित सम्झौता नहुदा होटल सन्चालकलाई अफ्ठेरो थियो । त्यहि कारणले ठुलो लगानी र कमाईहुने क्षेत्र गुमाउनुप¥यो । उपमहानगरपालिकामा उजुरी दिएपनि बलियो प्रमाणको आभाव भयो । सबैतिर गुहार्दा पनि उपाए नलागेपछि होटल छोड्न वाद्य भए ।

रोहन एण्ड रोसी नास्ता पसलमा होटल व्यवसायी समितिले दर्ता प्रमाणपत्र दिएको छ जसमा फोटा टासेको छैन । फोटो हाल्ने ठाउ र अध्यक्षको ठाउ“मा गर्ने हस्ताक्षार मिल्दैन । सन्चालक प्रमिला हमालले त्यसमा ख्याल नगरेको बताउनुभयो । अर्काे होटलमा होटल व्यवसायी समितिका कर्मचारीले नगरपालिकाको प्रमाणपत्रमा नविकरण गरीदिएका छन् । त्यसको शुल्क लगे कि लगेनन् त्यसको प्रमाण छैन । ‘हामि नजान्ने मान्छे दिईम लगेर जानुभयो’, डम्फली बस्नेतले भन्नुभयो, उहाले देखाएको प्रमाणमा नविकरण गर्नेले सहि छाप गरेको छैन ।

पोहर देखि पसल चलाएका रमा चौधरीले भर्खरै शुरु गरेका छौ भन्नुहुन्थ्यो । व्यवसायको क्षेत्रमा पहिला ईजाजत ल्याउनुपर्छ भन्ने चेत छैन । किन गरीस् भनेर प्रश्न गर्ने सरकार नभएर गलत चलनको शुरुवात भएको बुद्धिजिविहरु बताउ“छन् । टोलविकास संस्था सरकारको पहिलो खुड्कीलो हो । टोल क्षेत्रको जिम्मा लिने र सिफारीस गर्ने अधिकार पाएको छ । कतिपय टोलका पदाधिकारीलाई के कस्ता संरचना छन् भन्ने पनि थाह छैन । व्यथिति छ ।

‘एसरी आएपछि त सबै जान्ने बुझ्ने हुन्थे’ लालि गुरा“स हार्डवेरका सन्चालक दामोदर केसिले भन्नुभयो, ‘कहिल्यै कोहि आएर सिकाउने सम्झाउने होईन ।’ यसरी भनिरहदा घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, राजश्व व्यवस्थापन शाखाका अधिकृत कृष्ण केसी र दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालको उपस्थिति थियो । आवश्यक सल्लाह दिन्थ्यो । व्यवसायीले यसकै निरन्तरता चाहन्थे । सबै व्यवसायीका ढोका ढोका र व्यक्ति व्यक्ति भेट्नुपर्छ भन्ने छ ।

बम्बे हेय कटिङ दर्ता भएको छैन । ‘पसल दर्ता गर्नुभा छ कि छैन ?’भनेर सोध्दा सन्चालक सलिम अन्सारीले भन्नुभयो ‘यति छिटो का नागरीकता पाईन्छ र ?’ उहाले थप्नुभयो, ‘आठ दश बर्ष त लागि हाल्छ नि ?’ यसरी विना ईजाजत व्यवसाय गर्ने र नेपाली नागरीकता प्राप्त गर्नेहरु पनि छन् । पहिला व्यवसाय गरेर बाठा हुन्छन् । यस्तो विषयमा ख्याल गर्ने राज्यको निकाय छैन ।

पलिला पनि यस्तो कर थियो र ? भनि सोध्ने धेरै व्यवसायी छन् । ‘चुनावमा भोट हालेर खेर गयो । उल्टो कर तिर्नुप¥यो ।’ कतिले ‘यो कम्युनिष्ट सरकारले के गतिलो गर्ला र ? झन् दुईतिहाईको छ अरु के के तिर्नुपर्ने हो ?’ सम्म भने । उनिहरु सबैमा व्यवसायीक पुर्व ज्ञान नभएको प्रष्ट हुन्छ ।
नौ हजार जति व्यवसायी रहेको दाड जिल्ला उद्योग वाणिज्य संघले अनुमान गरेको छ । त्यसमा आधाले पनि संघमा दर्ता गरेका छैनन् । दर्ता भएका व्यवसायीलाई व्यवसाय थाल्दा अपनाउनुपर्ने सबै विधि सिकाईन्छ । सफल व्यवसायी कसरी बन्ने भन्ने सुत्र दिईन्छ । अध्यक्ष भुषालका अनुसार संघको सम्पर्कमा नआई व्यवसाय थाल्छन् । चोरी भयो, आगलागि भयो, कतै सामान जफत भयो, भन्सार र करले सतायो भने मात्रै हार गुहार माग्न संघमा पूग्छन् ।

नागरीकता, लालपुर्जाको फोटोकपि, भाडामा बस्ने भए सम्झौता पत्र र दश वटा फोटा लिएर संघको कार्यालयमा आउनुहोला भनेर अध्यक्ष भुषालले लेखिदिनुभयो । बा“कि सल्लाह उतै हुने बताउनुभयो ।

आफ्नै वुलेटिन प्रकाशन गरेर व्यवसाय सम्वन्धि धेरै कुराहरु प्रसारण गर्दे आएको छ । तर पनि कहि व्यवसायले संघको कामै छैन, भन्दैछन् । यिनको सदस्य बन्नु बेकार हो भन्नेहरु छन् । एउटै सरकारलाई एकै ठाउ“ कर तिर्ने व्यवस्था भए हुन्थ्यो भन्ने सबैको माग छ । पार्टीका भातृ संगठन, विषयगत समिति, संघ, स्थानिय सरकार, आन्तरीक राजश्व कार्यालय अन्त शुल्क लगाएत आधा दर्जन कर तिर्नाले व्यवसायी दिक्क छन् ।