तुलसीपुर, १७ असार । दाङका ग्रामिणस्तरमा रहेका विद्यालयमा ट्राफिक सचेतना दिन थालिएको छ । सवारी दुर्घटनाको तथ्यांक अनुसार गााँउबाट शहर झरेकाहरु बढी दुर्घटनामा पर्ने गरेको देखिएपछि दाङका केहि गाविसहरुले ट्राफिक सचेतना कार्यक्रमलाई विद्यालयस्तर सम्म पु¥याएका छन ।

trafficजिल्लाको बाघमारे गाविसले आफ्नो सेवा क्षेत्रमा पर्ने विद्यालयहरुमा अभियान नै सञ्चालन गरेर ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा लग्न थालेको छ । बालबालिकाहरुलाई नै ट्राफिक सचेतना दिन सकेमा प्रभावकारी हुने देखिएपछि ९ वटा विद्यालयमा सचेतना दिएको गाविस सचिव शिवराज केसीले वताउनुभयो ।

ट्राफिक सचेतना कार्यक्रम गाविसमा माग गरेर गाविसका नौ विद्यालयका प्रतिनिधि विद्यार्थीहरुलाई यसवारे सचेतना दिइएको उहाँले बताउनुभयो । जनकल्याण उच्चमावि शिवसुन्दरपुर, वीरेन्द्र मावि खिलतपुर र राप्ती निमावि पेदीखोलामा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।।