इन्द्रेणी संवाददाता
बाँके, २६ असार । वर्षातका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि यस क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नदीमा पानीको वहाप बढ्दै गएकाले नदी तटिय क्षेत्रका स्थानीयलाई सतर्क बनाएको हो ।

raptiविगतका वर्षमा पनि नदीमा बाढी आउदा यहाँका स्थानीयले ठूलो जनधनको क्षति वेहोर्नुपरेको कुरालाई मध्यनजर गर्दै पूर्व सतर्कता अपनाउदा फेरि धनजनको क्षति नहोस् भनेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

राप्तीमा वाढी आउदा फत्तेपुर, होलियालगायतका क्षेत्रमा डुवान पर्नुका साथै नदी कटानले वर्षेनी ठूलो क्षति हुने गरेको छ ।