कुनै पलका
केही थान सम्झनाहरुले पालैपालो थिचिरहेकाछन् ।
न त निद न त भोक न त प्यास
एकपछि अर्को गर्दै
अटसमटस कोच्चिएकाछन मनका भाबहरु
मानौ शिला कि जवानी वाला डान्समा
केही हुल खुसीहरु रमाएका छन्
त केही दुखहरु शोक परेझै तड्पिएका छन् ।

अनौठो परिवेशमा आफुलाइ उभ्याउनु
भक्कानिएको मनलाइ सम्हाल्नु
के यहि हो प्रेम ?
एकोहोरो त रोटि पो पाक्दैन
मन पाक्ने त एकोहोरो नै रहेछ ….

बिथोलिएको मनमा जब चट्याङ्ग पर्छ
केही बेर मौनता छाइदिन्छ
अतितहरु ज्वालामुखु बनी बाहिरिदिन्छन्
मत्ता हात्ती जस्तो बर्तमान पागल बन्न पुछ
त भबिस्य अन्धकार
आशा हरु निरास …..

साहारामा प्रिय बनेर छचल्किदै बग्न थाल्छन्
नयन हरु
असार सावन को भेल बनी बगेका
नयन
कस्ले सक्थ्यो र बाँध लगाउन
जबकी इन्जिनियरले नै बाँध फोडिदिएपछि ….

अनि त खप्पर ले पनि हरेस खाइदिन्छ
र टेक्कासो बन्नपुग्छन् आफ्नै हात हरु
समय आफ्नो रफ्तारमा हुन्छ
के दिन के रात समान लाग्छ
घडिले दिने टिक टिक आवाज सुन्दा पनि दिक्क लाग्छ ….

सेकिन्ड सेकेन्ड मा झस्काउछन् केही पलका सवालहरु
तोड्नु छ फोड्नु छ केही अबिस्वासि बनेका दिवालहरु ।।