उदय बीसी
दाङ, १५ असार । भरखरै आएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा त्रुटि देखियो । नतिजा प्रकाशित गरेको राष्ट्रिय परीक्षा वोर्डले केही दिनमै हजारौं विद्यार्थीको नतिजा सच्यायो । नतिजा हेर्न आतुर विद्यार्थीहरुले पहिलो दिन हेरेको नतिजा अर्काे दिन सचिएर आएपछि अन्यौलमा परे ।

gerd seetत्यस्तै दाङमा कक्षा आठको ग्रेड सिटमा पनि ठूलो त्रुटि देखिएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पहिलो पटक स्थानीय तहले प्रकाशित गरेको जिल्लास्तरीय कक्षा ८ को परिक्षा नतिजाको ग्रेट सिटमा त्रुटि देखिएको छ ।

घोराही उपमहानगरपालिकाअन्गर्ततको शिक्ष्ााँशाखाले तयार पारेको ग्रेड सिटमा कुनैमा ग्रेड नै उल्लेख गरिएको छैन भने कुनैमा C+ र B = A+, D+ र C+ =A+ गराइएको छ ।
घोराहीस्थित मेचिकाली सेकेन्डरी वोडिङ स्कुलका कक्षा ८ का सबै ग्रेड सिटमा यस्तै त्रुटि रहेको छ । यसले गर्दा स्कुलले विद्यार्थीलाई नै ग्रेड सिट वितरण गर्ने कि नगर्ने अन्यौलमा परेको छ ।

eeeeउपमहानगरपालिकाको शिक्षा शाखबाट आएको कक्षा ८ का सबै विद्यार्थीको ग्रेड सिटमा यस्तै त्रुटि भएकाले आफूहरु अन्यौलमा परेको स्कुलका इञ्चार्ज नवराज खत्रीले बताए । ‘यस्तो खालको ग्रेड सिट कतै देखेका थिएनौं तर अहिले हाम्रो हातमा परेको छ, विद्यार्थीलाई दिने कि नदिने अन्यौलमा छौं’, उनले भने ।

उक्त स्कलबाट कक्षा ८ को परीक्षा दिएका सबै विद्यार्थीको ग्रेड सिट नै त्रुटिपूर्ण रहेको छ । यसको बारेमा वुझना जाँदा घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय शिक्षा शाखाका प्रमुख नारायण पौडेलले यस्तो त्रुटि धेरै स्कुलको ग्रेड सिटमा भएको बताए ।

केन्द्रबाटै आएको ग्रेड  सिट बनाउने सप्टवेयरमा राख्दा यस्तो त्रुटि आएको बनाउदै पौडेलले जिल्लामा यही त्रुटिपूर्ण ग्रेड सिटले काम गर्ने र कोही विदेश जाना चाहेमा शिक्षा शाखाले सच्याईदिने बताए । ‘यस्तो मिस्टेक धेरै स्कुलमा भएको छ, यहाँ यही ग्रेड सिटले काम गरिहाल्छ तर कोही विदेश जान्छु भनेर आएमा हामीले आफै कम्प्युटर टाइप गरेर पनि सच्याइदिन्छौं’, उनले भने ।

rrrrपौडेलले यस्तो आस्वासन दिए पनि एउटा जिम्मेवार निकायले नै यस्तो त्रुटि गरेपछि भविश्यका कर्णधार मानिने विद्यार्थीमा मानसिक असर पर्ने देखिन्छ । आफूले गरेको परीक्षाको नतिजा नै गलत आएमा विद्यार्थीमा ठूलो असर पर्ने शिक्षाप्रेमीहरु बताउछन् । यो त्रुटि सिधा विद्यार्थीहरुको भविश्यमा खेलवाड भएको उनीहरुको ठम्याई छ ।