पाण्डव शर्मा
घोराही, १२ असार। नेपाल–भारत जोड्ने लमही–कोइलावास सडक कालोपत्रको काम १ वर्षभित्र सम्पन्न हुने भएको छ । रू। ६९ करोड लागतमा सडक कालोपत्र हुन थालेको सडक निर्माण कम्पनी कालिका–कुमार जे भीका इञ्जिनीयर विजय भट्टराईले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षभित्र सडकको ६ किलोमिटर खण्ड कालोपत्र भइसक्नेछ । गढवा बहुमुखी क्याम्पसदे खि कक्रहवासम्मको उक्त खण्ड कालोपत्रका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । हुलाकी सडक आयो जना, यो जना कार्यालय ने पालगञ्ज साइड इञ्जिनीयर राजे न्द्र श्रे ष्ठका अनुसार अहिले अन्तिम चरणको ग्रावे लको काम चलिरहे को छ ।
भारत सरकारको लगानीमा सो सडक कालोपत्र हुन थालेको छ । सो खण्ड कुल ३३ किमी र ७ मिटर चौडाइको हुनेछ । सडक कालो पत्र का लागि काम गर्न थाले को १ वर्ष पूरा भइसकेको छ । सडक कालोपत्रपछि पश्चिम नेपालकै पुरानो नाका कोइलावास सञ्चालनमा आउनेछ । सडक विस्तारका लागि सरकारले स्थानीयको जग्गा अधिग्रहणसमेत गरेको छ ।
चालू आवामा मुआब्जा वितरण गर्न थप रू। ३५ करो ड बजे ट प्राप्त भएको छ । सडक निर्माणपछि दाङ तथा साविकको राप्तीका रोल्पा, रुकुम, सल्यान र प्यूठानलाई भारतीय बजारसँग प्रत्यक्ष जोड्नेछ । सडक कालोपत्र नहुँदा अहिले यस क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरु भैरहवा, चन्द्रौता र रूपैडिया नाका प्रयोग गरेर भारतीय बजारसँग सम्पर्क गरिरहेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुषालले सडक कालोपत्रपछि यस क्षेत्रको व्यापार व्यवसायमा थप टेवा पुग्ने बताए ।











