तुलसीपुर, ११ असार । तुलसीपुर उपमहानगरपालिकाले आव २०७५ ०७६ का लागि १ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पूँजीगततर्फ १ अर्ब ४२ करोड ९२ लाख ७३ हजार २ सय ७ रुपैया र चालुतर्फ १४ करोड १९ लाख १८ हजार बजेट विनियोजन गरेको हो ।
उपमहानगरपालिकाले नगर र वडामा भौतिक पुर्वाधार निमार्णतर्फ ३० करोड, तुलसीपुर नगरस्तरीय पुस्तकालय सञ्चालन गर्न ५० लाख, आधुनिक बधशाला र स्मार्ट सिटीका बनाउन ४ करोड,आधुनिक तुलसीपुर अटो भिलेज निमार्ण सम्पन्न गर्न थप १ करोड र निमार्णधिन वर्षपार्क सम्पन्न गर्न १० करोड बजेट विनियोजन गरिएको उपप्रमुख माया आचार्यले जानकारी दिइन् ।
त्यैगरी अपागंता भएका बालबालिकाका लागि २५ लाख,पर्यटनका लागि १ करोड, सडक कालोपत्रे गर्न १ लाख १० हजार, बहुसाँस्कृतिक सग्रहालय निमार्णका लागी रु ५० लाख ,खेलकुद कार्यक्रम गर्न ५० लाख,तुलसीपुर चक्रपथ निमार्णमा ५ करोड,तरकारी र फलफुल बजार निमार्णका लागि ४ करोड विनियोजन गरिएको छ ।











